
खोटाङ फागुन–२७, खोटाङ सदरमुकाम दिक्तेलबजार आसपासमा मेघ गर्जनसहित असिनापानी परेको छ । आईतबार अपरान्ह परेको असिनापानीका कारण किसानलाई हिउँदे अन्नबाली लगाउन सहज भएको छ ।
यसअघि एक पटक मात्र सामान्या बर्षा भए पनि अन्नबालीको लागि पर्याप्त भएको थिएन । अपरान्हदेखि शुरु भएको असिना केही बेरमा रोकिए पनि बर्षा भने अझै रोकिएको छैन ।