काठमाडौं ३० फागुन । नेपालको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो पटक निर्वाचित भएकी छिन् । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभार सहित विजयी भएकी हुन् ।

उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी हुन्। भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाल कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् ।

भण्डारी वाम गठबन्धनका तर्फबाट एमाले पार्टीबाट उम्मेदवार बनेकी थिइन् । एमालेले राष्ट्रपति र उपसभामुख तथा माओवादी केन्द्रले सभामुख र उपराष्ट्रपति पाउने दुई दलबिच सहमति छ ।