खोटाङ चैत्र–१, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा सञ्चालन गरिएको पाँच दिने स्वास्थ्य घुम्ती शिबिरका क्रममा करिब ८ सय जना नागरिकले गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नगरको दुर्छिम, मंगलटार, बाहुनीडाँडा, धितुङ र राजापानीमा सञ्चालन गरिएको घुम्ती शिबिरबाट पाठेघर खसेका ५४ महिलालाई रिङ प्रेसरी र ३३ जनाको शरीरमा ईम्प्लान्ट राखिनुका साथै कुल ५ सय ६२ महिला र १ सय ९५ पुरुषलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
शिबिरमा स्क्यानिङ गर्ने, सेतो पानी बग्ने समस्या भएका महिलालाई लक्षित स्वास्थ्य सेवा समेत प्रदान गरिएको नगरका स्वास्थ्य संयोजक रामकुमार भगतले बताउनुभयो ।