![sekhuwa road 1](https://hamrokhotang.com/wp-content/uploads/2023/01/sekhuwa-road-1-696x313.jpg)
खोटाङ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही हुन् । शाही आवद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो ।
सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन/मैनाचुली जेभीले मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत चखेवा—सेखुवा सडकको १० किलोमिटर सडकको ठेक्का लिएर अलपत्र पारेको सात वर्ष पुगेको छ ।
अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । स्थानीय तथा सो बाटो भएर यात्रा गर्नेहरुले दिनदिनै सास्ती भोग्नु परेको छ । जुन सडकखण्डको वर्षाको समयमा लिएका केही तस्बीर यस्ता छन्