
खोटाङ चैत्र–१६, खोटाङस्थित खोटेहाङ गाउँपालिकाको सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । पालिकाले गुणस्तरीय शिक्षा निर्धारणका लागि पारित गरेको शिक्षा नियमावलीमा सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने उल्लेख गरिएको हो ।
निर्माण गरेको छ ।
यसै शैक्षिक सत्रदेखि लागू हुने गरी पारित गरिएको शिक्षा नियमावलीमा शिक्षामा गुणात्मक विकासका लागि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने ब्यवस्था बजनाईएको गाउँपालिकाले जनाएका छनख् । विषयगत शिक्षकलाई दक्ष बनाउन तालिमको ब्यवस्था, प्रधानाध्यापकको नेतृत्व विकासका लागि बजेट विनियोजन लगायतको नीति पारित गरिएको गाउँपालिकाको प्रमुख प्रदिपकुमार राईले जनाउनुभयो ।
प्रमुख राईको अनुसार विद्यार्थी संख्याका आधारमा अनुदान वितरण, त्यसै अनुपातमा विद्यालय भवन लगायतका संरचना निर्माण गर्ने नीति पारित गरिएको छ ।
विद्यालयको गुणस्तरमा चासो दिने प्रअ, शिक्षक र अभिभावकहरु भएको विद्यालयलाई थप अनुदानको व्यवस्था गरिने समेत राईको भनाई छ ।
विद्यार्थी बिनाको जागिर खाने प्रबृद्धि भएका विद्यालयको हकमा भने अनुदान नदिने निर्णय गरिएको उपप्रमुख कविता राईले जानकारी दिनुभयो । नियमावलीमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई ९८ दिनसम्म सुत्केरी विदा, शिक्षक कर्मचारीलाई पुरस्कार र दण्ड, स्तरोन्नती लगायतको व्यवस्था उल्लेख छ ।