खोटाङ चैत–१९, बिभिन्न सिर्जनशील गतिबिधिमा सक्रिय हुँदै अलग पहिचान सहित स्थापित ‘अलग आर्ट हब’को वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
सङ्गीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा अलग आर्ट हबका विद्यार्थीहरुको घण्टौंसम्मको साङ्गीतिक प्रस्तुति सहित बिबिध कार्यक्रमसँगै वार्षिकोत्सबको सम्पन्न भएको हो ।
राजधानीमा हालै सम्पन्न वार्षिकोत्सबको अवसरमा ‘अलग आर्ट हब इमान्दार तथा जेहेन्दार छात्रा २०७४’ बाट कविना नापित र छात्रतर्पm प्रेम सुस्लिङ मगरलाई विभूषित गरिएको आर्ट हबको नाकिमा नाकिमले जानकारी दिनुभयो ।
वार्षिकोत्सबकै अवसरमा अलग आर्ट हबका विद्यार्थीद्वय खोटाङ आइडलका उपविजेता रोहित चाम्लिङ र सोलुखुम्बु गायन स्टार–२ का उपविजेता विनोद राईलाई पनि सम्मान गरिएको थियो ।
अलग आर्ट हबको साङ्गीतिक गतिविधिहरुको प्रशंसा गर्दै प्रमुख अतिथि अधिकारीले अध्यक्ष मण्डल साम्पाङ लगायतको हबमा आबद्घ सिर्जनशील जमातलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सुरेश अधिकारीसहित गायिका दिपा लामा, गायक रेवत राई, सुरज तामाङ र कर्ण लामाले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए ।