चैत्र–१९ खोटाङ, जिल्ला अस्पताल खोटाङमा ब्लड बैंक (रक्त संकलन केन्द्र)को भवन शिलान्यास गरिएको छ । अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक (रक्त संकलन केन्द्र)को भवन निर्माण गर्न लागिएको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने भवनको शिलाान्यस शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले गर्नुभयोा । भवन शिलान्यस गर्नुहँुदै नगर प्रमुख रिजालले प्रसुती गराउने आमाहरु, ठूल–ठूला दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न ब्लड बैंकको भवन निर्माण गर्न लागिएको बताउनुभयो ।
जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको भवनका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग नगरपालिकाले नै गर्ने जनाइएको छ । ब्लड बैंक भवन निर्माणपछि जिल्लावासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति कुमारसिं बस्नेतले बताउनुभयो ।
जिल्लामा ब्लड बैंक भवन नहुँदा जिल्लावासीले आवश्यक परेको बेला रगत अभावको समस्या भोग्दै आएका छन् । अस्पतालमा अपरेशन गर्नुपर्ने बिरामीका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीका जवानले उपलब्ध गराउँदै आएको छ ।