
दक्षिण कोरियको फारानस्थित नोजेन्द्रि खसडको प्लाष्टिक कम्पनीमा काम गर्दै आएका रमेश कोइरालाको शव नेपाल लगिने भएको छ । कोइरालाको काम गर्दै गर्दा दुर्घटनामा परी मृत्यु भएको थियो ।
खोटाङ जिल्ला चिसापानी घर भएका २७ वर्षीया कोइराला दुई वर्ष अघि इपिएस प्रणाली मार्फत कोरिया पुगेका थिए । उनको शव यही शनिबार थाई एयरको विमानबाट नेपाल पुर्याइने भएको छ । उनको शव शनिबार दिनको १२ बजे काठमाडौँ पुग्ने खोटाङ सेवा समाजका सल्लाहकार उमेश बस्नेतले जानकारी दिए ।
कोइरालाले काम गनृ प्लाष्टिक कम्पनीमा तिनजना नेपाली कामदार कार्यरत थिए । कम्पनीमा सँगै काम गर्ने सहकर्मी बालकृष्ण पौडेलका अनुसार ‘काम सकिन लागेको थियो कोइराला चिगित्सामा लिएर फोर सामान फ्याक्न गएका थिए धेरै समय नआएपछि फोहोर झार्ने ठाउँमा हेर्न जाँदा गाडी पल्टिएर उनलाई माथिल्लो रेलिङले थिचेको थियो ।’ बेहोस अवस्थामा रेलिङले किचिएका कोइरालालाई अस्पताल पुयाएपछि डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए ।