खोटाङ जिल्लामा गोरु काटिरहेको बेला पक्राउ परेका चार युवाको रिहाईको माग गर्दै यहास्थित जातीय संघसंस्थाहरुले प्रधानमन्त्री र सभामुखलाई प्रशासन मार्फत ज्ञापन बुझाएका छन् । आदिवासी जनजाति साजाल, किरात राई यायोक्खा, तामाङ घेदुङ संघ, शेर्पा संघ, मगर संघ, खम्बुवान राष्ट्रिय मोर्चा, नेवा खःल र भुजेल सेवा समाजले प्रशासन मार्फत सुक्रबार ज्ञापनपत्र पठाएका हुन् । गत पुस(१ गते पक्राउ परेका दिक्तेल(२ का दिपेश श्रेष्ठ, नबीन गुरुङ दिक्तेल(६ का रामचन्द्र राई र खार्मी(७ का कर्णबहादुर तामाङको विनासर्त तत्काल रिहाइ गर्नु पर्ने माग गरेका छन् । ज्ञापनमा धर्म संस्कृतिको सम्मान जातीय स्वयत्तता र आत्मनिर्णयको अधिकार सुनिश्चितताको माग उल्लेख गरिएको छ ।
यसैवीच एकीकृत नेकपा माओबादी निकट किरात राष्ट्रिय मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चा शेर्पा राष्ट्रिय मुक्ति मोर्चा तमु राष्ट्रिय मुक्ति मोर्चा नेवा राष्ट्रिय मुक्ति मोर्चा दलित राष्ट्रिय मुक्ति मोर्चा र मगर मुक्ति मोर्चाले विज्ञप्ती मार्फत संघर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पक्राउ परेकाहरुको रिहाइको माग गरेका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले पनि प्रहरी हिरासतमा राखिएका चार युवाको रिहाइको माग गरेको छ । महासंघले तत्काल रिहाइ नगरिए रिहाइको फैसला आन्दोलनबाट हुने चेतावनी दिएको छ । by – खोटाङ दर्पण