केदार मगर – खोटाङ जिल्लाको सावाकटहरेमा बुधबार चार जना पक्राउ परेका छन् । सावाकटहरे(५ बस्ने ५३ वर्षीय तिलक राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राई सहित ४ जनाको घरमा खोजतलासी गर्दा भरुवा बन्दुक ४ थान जिलेटिन तार २ सय मिटर खाली म्यागजीन
२ थान र बारुद ७० ग्राम बरामत गरिएको खोटाङका प्रहरी निरीक्षक दुर्गाप्रसाद दाहालले बताए । उनीहरु विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । खोटाङ दर्पण