प्रतिबन्ध त्रैमासिक पत्रिकाद्वारा आयोजित राज्यको पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँडमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा खोटाङ जिल्लाका सभाषद रामकुमार राई र अस्मिता कार्की लगायतका सहभागीहरु ।
सभाषदका साथै कानुन व्यवसायी, वुद्धिजिबी तथा पत्रकारहरुको सहभागीता रहेको सो कार्यक्रमका सहभागीहरुले
आयोगले तयार पारेको राज्य पुनसंरचना विभिन्न कारणले सही नभएको बताएका थिए ।
उनीहरुले राज्य पुन संरचना गर्दा सुन्तलाको केस्रा अर्थात ठाडो चिरा प्रकारको बनाउन सुझाब दिँदै आर्थिक अवस्थालाई समेत ख्यालमा राखी तयार गर्नुपर्ने सुझाव दिएका थिए ।