नन्द घले – प्ये म्ह स्याँ छ्या म्हमु, छ्या म्ह स्याँ ल्हु म्हमु, ल्हु म्ह स्याँ, म्ही म्हमु (शास्त्र हराए संस्कार र परम्परा हराउँछ, संस्कार र परम्परा हराए सँस्कृति हराउँछ , सँस्कृति हराए मान्छे नई हराउँछ) भन्ने उक्तीलाई मनन गर्दै खोटाङे गुरुङहरूले यहि जनवरी १ तारिखको दिन मङ्की हिलमा नयाँ वर्ष २०१२ सँगै गुरुङहरूको आफ्नै लुनार क्यालेन्डर अनुसार २८४७ लाई नयाँ
वर्षको रुपमा भब्यताका साथ मनाएका छन् ।
 १२ वटा ल्होबाट निर्माण गरिएको वर्ष चक्र अथवा यसलाई लोहोकोर पनि भनिन्छ, सम्भवत सबै भन्दा पुरानो वर्ष गुरुङहरूले मान्दै तथा जोगाउदै आएका छन् ।

यस वर्षको गिद्द ९मूप्री०लोहो अनुसार यस वर्ष जन्मने बच्चाहरू चतुर, आत्मा विश्वासी र धैर्यवान हुन्छन् भन्ने विश्वाश गुरुङ जातिहरूले राख्दछन ।
विशेष गरि यो लोहो भएको ब्यक्ति सँग सर्प, मूसा,र बिरालो वर्गसँग विवाह नगरे राम्रो भन्ने विश्वाश गरिन्छ तर हाल आएर शहर बजारमा प्रेम विवाह गर्ने प्रथा फस्टाएकोले यस्ता पुराना कुराहरू गौण बन्दै गएका छन् ।
करिब १५० जना जति उपस्थित रहेको उक्त भेलाले बिरालो वर्ग९ ह्यू ल्हो०लाई बिदार्इ गरि गिद्द वर्ग ९मूप्री ल्हो०लाई स्वागत गर्दै आफ्ना आफन्तमा शुभकामना सटासाट गरेका थिए । शुभकामना मात्र कहाँ होर रु आफ्ना, आफन्तमा आत्मियता पनि प्रगाढ पारे, अनी बैंसमा, हाट मेलाहरुतिर लाएका पिरतीका झलकलाई एकै छिन् भए पनि झ्वास्स सम्झे । 
मङ्की हिलको जंगल चैत्र बैशाखको लाली गुराँस झै रातै सजिएको थियो खोटाङे गुरुङसेनीहरूको घल्याकले । गुरुङ सेनिमात्रै कहाँ हुनु नीरु के राई , के मगर घल्याक बेर्न आतुर देखिन्थे । गुरुङ दाजु भाइहरू पनि के कम रु आफूले नलगाए पनि बाउ बाजेले भेडा गोठमा भेडा चराउदा भाङ्ग्रा भित्र मकै भटमासको पोको घुसारेको याद दिलाउदै थिए हौंचुरका चन्द्र गुरुङ । बास्पानिका हर्क गुरुङले पनि हो मा हो थप्दै थिए ।गोपाल गुरुङको परिकल्पनामा गुरुङहरूको पहिचान दिलाउने सेल रोटी, अनी आलु दम, अचार तथा अन्य परिकारले सिक्रे र फलाटेतिर खाएको बनभोजलाई झल्काई दिएको बर्णन गर्दै हुनु हुन्थ्यो बाक्सिलाका मोहन गुरुङ ।
     
औपचारिक कार्यक्रम केही ढिला मोहन गुरुङले सुरु गर्नु भएको थियो । खोटाङ गुरुङ समाजका अध्यक्ष राम कुमार गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो भने खोटाङ समाजका अध्यक्ष सुबास राईले जातिय पहिचान बचाउनु पर्छ भन्ने अबधारणा राख्नु भएको थियो। त्यस्तै समाजका सदस्य नन्द घलेले ल्होसारको बारे जानकारी गराउनु भएको थियो । 

यसैगरी हण्डी फोर्ने कार्यक्रमले जमातको मजाले ध्यानाकर्षण गरेको थियो भने, केटाकेटीहरुका लागि  म्यूजिकल चेयरमा टेरिसा घलेले सबैलाई पछाडी पार्दै वातावरणलाई रौनक बनाएको थियो । त्यस्तै अन्त्यमा डीजे अर्चन गुरुङको गीतले सम्पूर्णलाई नचाउँदै कार्यक्रम् समापन भएको थियो ।