सिद्धिचरण राजमार्गमा सिन्डिकेट हटाउने सहमती भएको छ । सुक्रबार घुर्मीमा भएको खोटाङ ओखलढुङ्गा र सोलुस्थित उद्योग वाणिज्य संघ र यातायात व्यवसायीहरुको बैठकले त्यस्तो घोषणा गरेको हो ।
बैठकले

सुनकोशीको हर्कपुर र दूधकोसीको जयरामघाटमा निर्वाध रुपमा फेरी चलाउने सिद्धिचरण राजमार्गमा दश टन भन्दा बढी सामान बोक्न नपाउने निर्णय भएको छ । सामान मापन उदयपुरको कटारीस्थित ओमहलेसी यातायात व्यवसायी संघको कार्यालयमा जोखेर मात्र सामान छिराउने निर्णय भएको छ ।

यसअघि कटारी घुर्मी र जयरामको फेरीमा सिन्डिकेटले ढुवानीमा समस्या थियो । सिन्डिकेटले मुल्य समेत बृद्धि भएको थियो । यसअघि खोटाङस्थित उद्योग वाणिज्य संघ र यातायात व्यवसायी संघको पहलमा सिन्डिकेट तोड्ने सहमती भएपछि खोटाङका लागि भने केही समयका लागि सिन्डिकेट हटेको थियो । 
केही समयपछि विभिन्न बहानामा फेरी सिन्डिकेट लगाइएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजूले बताए ।