दमन राई / केदार मगर –
पुस-२९, खोटाङ जिल्लाको बिजयखर्कका तीन राजनैतिक दलका प्रतिनिधिले फेरी परिषद गराउन माग गरेका छन् । गत पुस-२५ भएको परिषदमा राजनीतिक मर्यादाक्रमलाई मिच्दै अतिथि आसनग्रहण गराइको भन्दै माओवादी, कांग्रेस र नेकपा एकीकृतका गाउँ स्तरीय प्रतिनिधिहरुले फेरी परिषद गर्न माग गरेका हुन् ।

सुक्रबार जिविस समक्ष पाँच बुदे ज्ञापनपत्र बुझाउदै उनीहरुले आफ्नो सहभागिता बिनाको गाउँ परिषद मान्य नहुने भन्दै दोहोर् याउन माग गरेका हुन् । 
दलीय मर्यादाक्रम अनुसार आशनग्रहण गराइनु पर्ने, राजनीतिक दल, संस्था, लक्षित समुदाय, बुद्धिजीबी तथा नागरिक समाजको सहमतीबाट बार्षिक बजेट बिनियोजन गर्नु पर्ने, गाविस सचिवले राजनीतिक पूर्वाग्रहीसोचबाट मुक्त रहेर जनताको काममा प्रतिबद्ध रहनु पर्ने लगायतका माग गरिएको छ ।
एकीकृत नेकपा माओवादीका गाउँ पार्टी इन्चार्ज बाणीबिलाश ढुंगाना, कांग्रेस गाउँ सभापति प्रेम खनाल, नेकपा एकीकृतका गाउँ पार्टी अध्यक्ष दिपक राई, बिजयखर्क-८ का नागरिक माचका संयोजक शिवप्रसाद ढकाल, बिजयखर्क-२ का नागरिक माचका संयोजक रामबहादुर कटुवाल, बिजश्वर सचेतना केन्द्रका संयोजक छत्रकुमार राईले हस्ताक्षर गरेका छन् । 
विज्ञप्ती प्रशासन जिल्लास्थित राजनीतिक दलहरुलाई समेत बोधार्थ दिएका छन् ।