खोटाङ घर भई पोखराको रत्नचोकमा बस्दै आएका अमृतकुमार राई र उनकी श्रीमती शान्ता सर्वसाधारणबाट एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर फरार भएका छन् । दश वर्षदेखि माछापुछ्रे टोलमा शान्ता फ्रुट सप संचालन गर्दै आएका राई दम्पत्तिले पैसा ब्याजमा लिने,
ढुकुटी खेलाउने लगायतका काम गर्दै आएकोमा अहिले सर्वसाधारणबाट लिएको रकम लिएर फरार भएको पीडितले बताएका छन् ।

राई दम्पत्तिले कतिपय ब्यक्तिहरुका गरगहना समेत लिएको पीडितहरुले वताएका छन् । पीडितहरुको उजुरीपछि प्रहरीले राइ दम्पत्तिको खोजी सुरु गरेको छ ।