div dir=”ltr” style=”text-align: left;” trbidi=”on”>

खोटाङको तीन विमानस्थल मध्ये हालसालै निर्मिया कार्य सम्पन्न गरिएको मनमाया राई खानीडाँडा विमानस्थलमा कालोपत्रे गरिने भएको छ ।  समुदायको आर्थिक सहयोग र श्रमदान गरी करिब ९ करोड लागतमा निर्माण गरिएको सो विमानस्थल खोटाङको तीन विमानस्थल मध्ये एक हो ।

अहिले सो विमानस्थलमा नेपाल वायुसेवा र निजि कम्पनहिरु तारा एयर र अग्नि एयरलायन्सले नियमित उडान भर्दै आएका छन् ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले पठाएको प्राविधिक टोलिले विमानस्थलको सर्भे गरिसेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताएका छन् । कालोपत्रेका लागि सरकारले चालु वर्षमै ७ करोड रुपैयाँ दिने भएको छ ।
यसैबीच, खानीडाँडादेखि विराटनगरम्म छिट्टै उडान सुरु हुने भएको छ । खानीडाँडाबाट आरए, तारा र अगिलने काठमाडौँ मात्र उडान भर्दै आएकोमा स्थानीयको मागपछि विराटनगर उडान गर्नेबारे निर्णय हुने लागेको जनाइएको छ ।