(मेचीकालि डटकम) – खोटाङको नुनथला गाविस–४ मा भारी मात्रामा युद्ध सामग्री फेला परेको छ । बारीमा गोरु जोत्दै गर्दा बम बनाउन प्रयोग गरिने ४० थान डेटोनेटर गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले बिहान १०:३० बजेतिर सो सामग्री फेला परेको जनाइएको छ ।
गाउँलेले प्रहरीलाई यसबारे जानकारी गराएपछि, नुनथलास्थित प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ । उक्त सामग्री पूर्वी पहाडी जिल्लामा भूमिगतरुपमा
सशस्त्र गतिविधि गर्दै आएका किराँत जनवादी वर्कर्स पार्टीले जमिनमा गाडेर राखेको हुन सक्ने जनाइएको छ । सो स्थानमा अन्य युद्ध सामग्री फेला पर्ने आशङ्कामा प्रहरीले खोजतलास गरिरहेको प्रहरी स्रोतले जनायो । गतवर्ष पनि सोही स्थानमा भारी मात्रामा युद्ध सामग्री बरामद भएको थियो ।