केदार मगर – खोटाङमा बन्दुक बनाउन सिक्दा एक बालक घाइते भएका छन् । छाताको डाँठको बन्दुक बनाएर सलाइको काँटी भरेर पड्काउदा बतासे-१ बोल्पाका ११ वर्षीय विजय राई गम्भिर घाइते भएका हुन् ।

कक्षा सातमा अध्ययनरत बालकको अवस्था चिन्ताजनक रहेको अस्पतालले
जनाएको छ । बिहीबार घाइते भएका बालकको टोउकोमा गहिरो चोट लगेकाले उपचार हुन नसकेपछि आइतबार काठमाडौं रेफर गरिएको छ ।
सशस्त्र द्वन्द्व र त्यसपछि जिल्लामा किरात जनवादी वर्कस लगायतका सशस्त्र हतियारधारी समूहको प्रभाव बालबालिकामा परेको छ । – खोटाङ दर्पण