
घरायसी विवादका कारण खोटाङको नुनथला(३ स्थित हाँवुमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । तेत्तीस वर्षीय छोरा टार्जन राईले ६६ वर्षीय आमा निरमाया राईलाई हत्या गरेका हुन् ।
सामान्य विवादपछि छोराले लात्तले हान्दा आमाको घट्नास्थलमै मृत्यु भएको खोटाङका प्रहरी नायव उपरीक्षक वसन्तकुमार थापाले जानकारी दिनुभयो । बुधवार बिहान गाउँलेले प्रहरीलाई खबर गरेपछि जिल्लाबाट प्रहरीको टोली त्यसतर्फ गएको छ ।
छोरा टार्जनलाई नुनथला प्रहरी चौकीबाट गएका प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याएको छ ।