केदार मगर  (खोटाङ दर्पण) –  खोटाङे गायन प्रतिभाहरुको पहिचान, सम्बर्धन र विकास गर्ने उद्देश्यले सुरु गरिएको खोटाङ तारा २०६८ को प्रारम्भिक छनौट चरण सुक्रबार सकिएको छ ।

विभिन्न ६ केन्द्रबाट छनौट गरिएको प्रारम्भीक चरणबाट १०९ जना प्रतिभा छनौट गरिएको आयोजक समिति सदस्य तथा किरात साँस्कृतिक कला केन्द्र खोटाङका
निर्देशक भीमसेना र्राईले बताए । विभिन्न-६ केन्द्रमा गरिएको छनौट कार्यक्रममा २५७ जनाले सहभागिता जनाएका थिए ।

यसैवीच, जिल्ला विकास समितिको समिक्षालय हलमा सञ्चालन भएको पहिलो चरणको छनौट कार्यक्रममा खोटाङ महासमाजका अध्यक्ष तथा नायक नवल खड्का, महासचिव भीमप्रसाद र्राई, सँगीतकार डाक्टर किराँत, गायक रुपकुमार र्राईलगायतको उस्थिति रहेको थियो । दोश्रो चरण छनौट कार्यक्रम भोलीदेखि सञ्चालन हुने आयोजकले जनाएको छ । भोली हुने दोश्रो चरणको छनौट कार्यक्रमबाट उत्कृष्ट २० जनालाई छनौट गरिने र तेश्रो चरणमा बाँकी रहेकामध्य लोक, आधुनिक र राष्ट्रिय गीतलगायतका विद्यामा प्रतिष्पर्धा गराएर टप फाईभ छनौट गरिने छ ।

दोश्रो चरणदेखि तेश्रो चरणसम्मको प्रतिगोगीता सदरमुकाम दिक्तेलमा गर्राईने किरात साँस्कृतिक कला केन्द्रका अध्यक्ष हेमविक्रम र्राईले जानकारी दिनुभयो ।  दिक्तेलबाट छनौट भएका टप फाईभवीच आगामी फागुनमा काठमाडौंमा हुने फाईनल प्रतिष्पर्धामा सहभागी गराएर खोटाङ ताराको छनौट गरिने जनाइएको छ ।

खोटाङका ७६ वटै गाविसका नागरिकहरुलाई मात्र सहभागी गर्राईएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभाले नगद ५० हजार, दोश्रो हुनेले २५ हजार, तेश्रो हुनेले १५ हजार र  शान्त्वना स्थान प्राप्त गर्नेले नगद पाँच हजारका साथमा ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगीताका उत्कृष्ट पाँच जनाको गीतहरु समेटेर एउटा संयुक्त एल्वम निकालिने छ, भने विदेशमा हुने साँस्कृतिक कार्यक्रममा सहभागीताकालागि अवसर दिलाईने निर्देशक र्राईको भनाइ छ ।

खोटाङ तारा २०६८ ओ मिडिय पार्टनर रुपाकोट सामुदायिक रेडियो, सामुदायिक रेडियो हलेसी एफएम, मुलबाटो डटकम र हिमालयन टेलीभिजन रहेका छन् ।