खोटाङमा  जन्मिएर राजनीतिक तथा समाज सेवा क्षेत्रमा सेवारत कल्याण रोकाको नेपालमा राज्य पुनर्संरचना र संघीयताको बहस नामक पुस्तक बजारमा आएको छ ।
उनको सो पुस्तक केही दिन अगाडी एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले विमोचन गरेका हुन् ।


रोकाको नेपालमा राज्यपुनर्संरचना र संघीयता बहस   पन्ध्र खण्डमा छुट्याइएको छ ।
नेपालमा धेरै कोण र दृष्टिकोणबाट संघीयताको बहस अगाडी बढीरहेको बेला वर्तमानका बहस, विवाद र आफ्ना केही निष्कर्षहरुलाई पुस्तकमा न्यायिक ढंगले प्रस्तुत गरिएको छ ।

पुस्तकले नेपालको पुरानो राज्य संरचनाको पाटोलाई पनि उत्तिकै गहिराईबाट प्रस्तुत गरेको छ ।
यो पुस्तकको बारेमा परशु मेघीले नेपालमा राज्य पुनसंरचनाको बहस चरमोत्कर्ष पुगेको अवस्थामा यो पुस्तक युग निर्माणमा जुट्नेहरुको लक्षित कदको एउटा पाइलाको रुपमा लेखकले अगाडी सारेको उल्लेख गरेका छन् ।
त्यस्तै सोम मिश्रले नेपालको राज्य पुनर्संरचनाका साथसाथै स्थानीय निकायहरुको पुनर्संरचना र स्थानीय सरकारको स्वरुप प्रदान गर्ने कुराको एक जना जिज्ञासु अध्येताको रुपमा लेखकलाई बुझेको उल्लेख गरेका छन् ।
यता, ध्यान बहादुर राईले भने पुस्तकमा सम्बन्धमा समय सन्दर्भको हिसाबले केही ढिलो भयो भन्ने लागे पनि विषय वस्तुको हिसाबले यो संग्रहणीय रहेको उल्लेख गरेका छन् ।

सहयोगात्मक समाज साहसले प्रकाशन गरेको यो पुस्तकको मूल्य व्यक्तिगत ३५०  संस्थागत १००० तोकिएको छ ।
पुस्तकको लेखन शैली सटिक र विषय वस्तु सुहाउँदो छ भने विषयवस्तुहरु गहन अध्ययन र खोजपछि उतारेको पाउन सकिन्छ ।