दमन राई, खोटाङ –  निमोनिया का कारण खोटाङमा एक पुरुषको ज्यान गएको छ  । समयमा उपचार नपाउँदा निमोनियकाकारण नेर्पा–८ का ५८ वर्षीय जीतबहादुर गुरुङको ज्यान गएको हो ।

निमोनियाले केही दिनअघिदेखि बिरामी परेका गुरुङको उपचारकालागि जिल्ला अस्पताल दिक्तेलतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।


स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि गुरुङलाई सदरमुकामतर्फ लगिएको थियो ।
अहेव प्रकाश घिमिरे सरुवा भएपछि हाल, नेर्पास्थित स्वास्थ्यचौकी मासिका मीना राईको भरमा सञ्चालन भइरहेको छ ।