पूर्वी पहाडमा जातीय अग्राधिकारसहितको किराँत स्वायत्त
राज्यको माग गर्दै आएको किराँत जनवादी वर्कस पार्टीले सरकारसँग वार्ता गर्न
५ सदस्यीय वार्ता टोलि सार्वजनिक गरेको छ ।


वर्कसको केन्द्रिय सदस्य पारुहाङ किरातीका संयोजकत्वमा एक वार्ता टोलि गठन
गरेको हो । 
सो वार्ता टोलिको सह संयोजक हाङगछा किराती सदस्यहरुमा बलहादुर
राई, विजय राई र पाण्डव राई रहेका छन् ।

वर्कस र सरकारबीच यसअघि ३ पटकसम्म वार्ता भएपनि अहिलेसम्म माग पुरा नहुँदा
जातीय अग्रांधिकारसहितको किराँत स्वायत्त राज्यको मागसहित संघर्ष गरिरहेको छ

यसअघि वार्ता टोलिका संयोजक समुन बान्तवा भने अर्के जिम्मेवारी पाएकाले संयोजक परिवर्त गरिएको जनाएको छ ।