दमन राई – पूर्वी पहाडी जिल्ला खोटाङमा विद्युत सर्ट हुँदा  आगलागी भई दश लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

विद्युतको सव–मिटरबाट सल्किएको आगोका कारण सदरमुकाम दिक्तेल–१ का सुर्यप्रसाद आचार्यको घर र घरमा भएका अन्नपात, लत्ताकपडा, काठपात, टेलिभिजन, दुई वटा मोबाइल जलेर नष्ट हुँदा दश लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आचार्य परिवार मेलापातमा गएको समयमा आगलागी भएकाले मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।
आज दिउँसो करिब साँढे १२ बजेतिर लागेको आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।