उदयपुरमा आज यात्रु बाहक बसको ठक्करबाट खोटाङका एक जनाको मृत्यु भएको छ । आँपटार गाविसको आँपडाँडा भन्ने ठाउँमा यात्रुबाहक बसले बुइपा ४ खोटाङका ७९ वर्षीय चित्र बहादुर राईको मृत्यु भएको हो ।

छामलिङ भन्ने स्थानबाट यात्रु लिएर गाइघाटतर्फ आउँदै गरेको न्यू रौता ना २ ख ५५०५ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएपछि चालक भने फरार रहेका छन् । ठक्कर दिने बसको चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।