तस्वीर साभार: उज्यालो

खोटाङको निर्माणाधिन मनमाया विमानस्थल कालोपत्रे तयारीको निरिक्षण गर्न केही दिन अगाडी त्यहाँ पुगेका पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र विष्टले आगामी दश महिनाभित्र दूर्इ वटा टुइनेटर जहाज नेपाल भित्राउने बताएका छन् ।

 त्यहाँ मन्त्रीले देशभरका सात विमानस्थल स्तरोन्नति लगायत जहाज पनि खरिद गर्दै जाने पनि जानकारी दिए । सम्भव भए यसै वर्षनेपाली आकाशमा दश वटा टुइनेटर जहाज उडाउने तयारी गरिरहेको उनको भनाई थियो तर उनले समयमै शान्ति र संविधान पूरा हुन्छ भनेर भाषण ठोक्दा भने विमानस्थलमा उपस्थित खोटाङेहरुले हासोमा उडाएका थिए ।

विमानस्थल कालोपत्रे गर्नका लागि मनमाया लगायतका देशभरका सात विमानस्थलका लागि सात करोडको दरले रकम छुट्याएको मन्त्री विष्टले त्यहाँ बताएका थिए ।

तस्वीर साभार : कान्तिपुर