दमन राई/खोटाङ – विद्यार्थीहरुमा दादुराको लक्षण देखिएपछि खोटाङको सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुल हप्ता दिनकालागि बन्द भएको छ ।

 विद्यार्थीहरुमा एक हप्ता अघिदेखि ज्वरो आउने, जीउ चिलाउने, शरीरमा फोकाहरु आउनेलगायतका लक्षणहरु देखिएपछि आगामी २० गतेसम्मकालागि विद्यालय बन्द गरिएको प्रिन्सिपल सागर जोशीले जानकारी दिनु भयो ।

दादुरा प्रायः सानो बच्चाहरुमा बढि देखिएको विद्यालयले जनाएको छ ।

 जिल्ला अस्पताल खोटाङको सल्लाह अनुशार विद्यालय बन्द गरिएको प्रिन्सिपल जोशीले बताउनु भयो ।
दादुराका लक्षण देखिएको विद्यार्थीहरुको रगत जाँच गर्नकालागि बिराटनगर पठाइएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।