खोटाङ च्यानडाँडा १ सेखुवामा अवस्थित श्री जालपा निमाविमा पुस्तकालय स्थापनाका लागि त्यहाँ अध्ययन गरेका पूर्व विद्यार्थीहरुले सहयोग रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

टेनिस रोका र देवराज राईको सक्रियता तथा संयोजनमा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ विद्यालयका प्रधानध्यापक टिका बुढाथोकीलाई पुग्ने गरी डम्बर बुढाथोकीमार्फत पठाइएको हो ।

सो रकम सोही विद्यालयमा अध्ययन गरेका सोही गाउँका पूर्व विद्यार्थीहरुले उठाएका हुन् ।  यसरी विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग पुर्यानेहरु देवराज राई ५ हजार, रामकृष्ण राई १ हजार ६ सय, तिर्तल राई १ हजार ६ सय, इच्छा राई १ हजार, टेनिस रोका १ हजार, निराज राई १ हजार, र कमला रोकाले ५ सय सहयोग गरेका छन् ।

यो रकम आवश्यक भौतिक सामग्री निर्माणका लागि भएको र आगामी दिनहरुमा अझै सहयोग गर्ने उनीहरुले जनाएका छन् ।
Posted date: 2012/3/20