सइन्द्र राई ( नागरिक न्युज) – आजदेखि पुर्वी नेपालमा किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ। किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भूमिको पूजा गरी साकेला पर्व मनाईँदै छ।

भुमि तथा प्रकृतिको पूजा गर्दै पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा आजदेखि एक महिनासम्म साकेला मनाउने चलन छ। आफ्नो परम्परागत भेषभुषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाचिन्छ।

किरात समुदायको आदिम पुर्खा खोक्चीलिपु, तायामा र खियामाले शुरु गरेको मानिएको साकेला पर्वमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशु तथा पन्छीको कृयाकलापलाई नाचमा चित्रण गर्दै साकेला नाच्ने परम्परा रहिआएको छ। अहिले आफ्ना दाजुभाई तथा ईष्टमित्र, युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले प्रतेक गाउँ९गाउँ गुञ्जयमान बनेको छ।

खोटाङ सदरमुकाम दिक्तेल नजिकै रहेको मझुवागढीमा अहिले साकेला गीत गाउदै र नाचिदै साकेला मनाईदैछ। किरात समुदायमा लेकका चराहरु बेंशीतिर झरेको याम अर्थात बैशाखे पूर्णिमामा उभौली र चराहरु लेकतिर जाने याममा मंसीर पूर्णिमामा उधौली साकेला मनाउने परम्परा छ ।
यसरी मनाइन्छ सोकला हेर्नुहोस भिडियो