विशेष प्रकाशकिय – हाम्रो उद्देश्य खोटाङ जिल्लालाई आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विश्वसामु छरिएर रहेका नेपालीहरुसँग परिचित गराउँदै यहाँका विविध जातजाति, धर्म, क्षेत्र वर्ग तथा प्राकृतिक सम्पदाहरुको प्रवर्द्धन तथा संरक्षणमा सहयोग पुर्याउनु हो ।

 खोटाङ जिल्लाको हरेक गतिविधि, क्रियाकलाप तथा यहाँका प्राकृतिक तथा पर्यटकीय सम्पदाहरुलाई प्रचारका माध्यमबाट अगाडी बढाउन सहयोग गर्न सकिन्छ भन्ने हाम्रो अपेक्षा हो ।
यी र यस्तै विविध विषयको मनन् गर्दै हामी केही समय अगाडीदेखि निरन्तर लागिरहेका छौँ । हामी यसभन्दा अगाडी ब्लगका रुपमा आएका थियौँ भने अब चाँही हामी www.hamrokhotang.com तपाईको साथ र सहयोग खोज्दै तपाईकै सहयात्रीको रुपमा आएका छौँ ।
अहिलेसम्मको यात्रामा हामीलाई तपाईहरुको माया र साथ सहयोग अवश्य रहेकै हो र आगामी दिनमा झनै यो साथ सहयोग झाम्मिन्छ भन्नेमा हामी विश्वस्त छौँ । 
 साथै आगामी दिनमा पनि खोटाङ र खोटाङेसँग सम्बन्धित क्रियाकलाप, विचार, गोष्ठी आदिका साथै विविध जातजाति, धर्म, सँस्कृति तथा पर्यटकिय स्थलहरुको बारेमा तपाईहरुले लेख रचना तथा सामग्रीहरु पठाई नै रहनुहुन्छ भन्ने कामना पनि छ ।

 साथै सुचना सम्प्रेषणमा सहयोग पुर्याउनेहरु दमन राई लगायत सबैमा विशेष धन्यवाद दिन चाहन्छौँ । र आगामी दिनमा पनि साथ र सहयोगको कामना गर्दछौँ ।