दमन राई – माछा मार्नका लागि बनाईएको बम पड्किएर
खोटाङमा एक जना गम्भीर घाईते भएका छन् ।  

खोलाको माछा मार्नका लागि छाताको
नालमा बारुद र बिष्फोटक पदार्थ भरेर बनाईएको बम पड्किएर लफ्याङ–४ का ३५
वर्षीय जीतबहादुर राई गम्भीर घाईते हुनु भएको हो ।
खोलामा माछा मार्ने क्रममा नपड्किएको ब्लाष्टिङ घरमा ल्याएर पड्काउन
खोज्दा पड्किएको थियो । देब्रे कोखा र अनुहारमा गहिरो चोट लागेका राईको
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौ
लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङलले जनाएको छ । – Ujyalo