दमन राई – माछा मार्नका लागि बनाईएको बम पड्किएर खोटाङमा एक जना गम्भीर घाईते भएका छन् ।  

खोलाको माछा मार्नका लागि छाताको नालमा बारुद र बिष्फोटक पदार्थ भरेर बनाईएको बम पड्किएर लफ्याङ–४ का ३५ वर्षीय जीतबहादुर राई गम्भीर घाईते हुनु भएको हो ।
खोलामा माछा मार्ने क्रममा नपड्किएको ब्लाष्टिङ घरमा ल्याएर पड्काउन खोज्दा पड्किएको थियो । देब्रे कोखा र अनुहारमा गहिरो चोट लागेका राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङलले जनाएको छ । – Ujyalo



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here