खोटाङमा सामुदायिक वन मिचेको भन्दै दुई ठाउँमा सडक निर्माण कार्य रोकिएको छ ।  जिल्ला वन कार्यालयको निर्देशनपछि खोटाङको हौँचुरको लोचापाताल र सदरमुकाम दिक्तेलको सिद्धथान सामुदायिक वन क्षेत्रमा निर्माण कार्यमाथि रोक लगाइएको हो ।
अनुमतिविना स्क्याभेटरको प्रयोग गरी वन क्षेत्रमा सडक विस्तार गर्न थालिएको भन्दै वन कार्यालयले रोक लगाएको राससले उल्लेख गरेको छ ।

निषेधित क्षेत्रमा स्क्याभेटरको प्रयोग गरी लोचापाताल सामुदायिक वन क्षेत्र हुँदै दिक्तेलको हुर्लुङडाँडा र हौँचुर–१ को पैयुँ जोड्ने सडक निर्माण थालेको निर्माण समितिलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि सडक निर्माण समितिले काम रोकेको जिल्ला वन कार्यालय खोटाङका प्रमुख धीरेन्द्र सिंहले बताउनुभयो ।

वन ऐन २०४९ र वन नियमावली २०५१ विपरीत सामुदायिक वन क्षेत्रमा स्क्याभेटरको प्रयोग गरी सडक निर्माण गर्न थालिएको भन्दै वन कार्यालयले गत वैशाख २१ गते सडक निर्माणमा रोक लगाएको थियो ।

सामुदायिक वन क्षेत्रमा स्क्याभेटरको प्रयोग नगर्न आग्रह गर्दा सडक निर्माण समितिले अटेर गर्दै सडक निर्माण थालेको लोचापाताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामकुमार राईले आरोप लगाउनुभयो ।

आफ्नो निर्देशनलाई बेवास्ता गर्दै निषेधित क्षेत्रमा सडक निर्माण कार्यलाई निरन्तरता दिइएपछि वन कार्यालयका प्रतिनिधिले वैशाख २६ गते स्क्याभेटरले वन क्षेत्रमा पु¥याएको क्षतिबारे छानबिन सुरु गरेको थियो ।

स्क्याभेटरको प्रयोगबाट जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा विस्तार भइरहेका सडक निर्माणमा पनि रोक लगाइने जिल्ला वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा पनि स्क्याभेटरको प्रयोगबाट सडक विस्तार भइरहेको जानकारी आएको जनाएको छ ।

वन क्षेत्र नष्ट भएको भन्दै खोटाङमा सडक निर्माण कार्य स्थगित

खोटाङमा सामुदायिक वन मिचेको भन्दै दुई ठाउँमा सडक निर्माण कार्य रोकिएको छ ।

जिल्ला वन कार्यालयको निर्देशनपछि खोटाङको हौँचुरको लोचापाताल र सदरमुकाम दिक्तेलको सिद्धथान सामुदायिक वन क्षेत्रमा निर्माण कार्यमाथि रोक लगाइएको हो ।