खोटाङका विभिन्न स्थानमा गएराति चट्याङ लागेर तीन जनाको निधन भएको छ ।

एकाएक परेको पानीसँगै चट्याङ खस्दा लामिडाँडा–४ का २० वर्षीय बालकृष्ण श्रेष्ठ, खार्पा–२ का ५० वर्षीय रामबहादुर राई र नुनथला गाविसका नाम खुल्न नसकेको एक व्यक्तिको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै रासस खबरले जनाएको छ ।

यसैबीच खोटाङकै दुवेकोलमा एउटा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शवको पहिचान भइसकेको छैन ।