खोटाङ – विद्युत कर्मचारीको लापारबाहीले विगत तीन दिनदेखि खोटाङ अन्धकारमय बन्न पुगेको छ ।

उदयुपरको जलजले–दिक्तेल ३३ केभी प्रशारण लाइनमध्ये खोटाङ जिल्लामा प्रशारण भएको ११ केभी क्षमताको विद्युत् अवरुद्ध हुँदा सदरमुकाम दिक्तेलसहित १७ गाउँ अन्धकारमय बनेको हो ।

दिनहुँ हुने लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणलाई यतिका लामो समयसम्म विद्युत् प्रवाह अवरुद्ध बनेपछि समस्या भएको छ ।