खोटाङ – खोटाङमा केही दिनअघिदेखि फैलिएको खोरेत रोगले लिच्कीराम्चेमा सयौँ गाईभैंसी बिरामी भएका छन् ।

मुख पाक्ने, ¥याल काढ्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने खोरेत रोगबाट लिच्कीराम्चे–६, ७ र ९ का किसानका गाईभैंसी बिरामी भएका हुन् ।
महामारीकै रुपमा फैलिएको रोगका कारण गाविसका कृषक अहिले चिन्तित भएका छन् । केही दिनअघिदेखि पशुचौपाया एक्कासि बिरामी हुन थालेपछि रोग नियन्त्रणका लागि गाविसले पत्र मार्फत जिल्ला पशुसेवा कार्यालयलाई चिकित्सक पठाइदिन आग्रह गरेको छ ।

पशुमा देखिएको रोग नियन्त्रणमा सेवा केन्द्र खोटाङबजारका प्राविधिकले नसकेपछि जिल्ला पशुसेवा कार्यालयलाई आग्रह गरिएको जनाइएको छ ।

यता, आवश्यक भ्याक्सिन तथा औषधि रोग प्रभावित क्षेत्रमा पठाइसकिएको जिल्ला पशुसेवा केन्द्रले जनाएको छ ।