खोटाङ जिल्ला निवासी नवोदित गायिका मनिषा राईको चर्चित छ वटा गीतहरुको संगालो “निस्ठुरी” एल्बम एक भव्य कार्यक्रमका बीच दुबईमा विमोचन गरिने भएको छ ।

एल्बम विमोचन यहि जुलाई ६ तारिक शुक्रबारका दिन यूएईको अस्टोरिया होटेलमा रहेको नेपाली रेस्टुरेन्ट याक एण्ड यतिमा हुने भएको छ ।

यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, शुभचिन्तक, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति हुने सो कार्यक्रममा गायिका राईले गाएका सबै ६ वटा गीतहरु प्रत्यक्ष रूपमा गाउने छिन् ।

साथै त्यहाँ स्थानीय कलाकारको पनि प्रस्तुति रहने कुरा सो कार्यक्रमका संयोजक तुलसी तामाङले बताए । यूएईका विभिन्न ठाउँबाट आउने दर्शकको सजिलोको लागि कार्यक्रम दिनको एक बजे देखि शुरु गरिने बताइएको छ ।