दमन राई/खोटाङ – करेन्ट लागेर खोटाङमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको ज्यान गएको छ ।


दोर्पाचिउरीडाँडा–८ बयुङमा फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर नेपाल बिद्युत प्राधिरण शाखा खोटाङका २२ वर्षीय कर्मचारी शम्भु आचार्यको ज्यान गएको हो ।

सदरमुकाम दिक्तेल–४ का आचार्यको विद्युतको कम्पोजिट लाईन मर्मत गर्नेक्रममा ११ हजार भोल्टेजको करेन्ट लागेर आज घट्नास्थलमै ज्यान गएको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ ।

आचार्य नेपाल विद्युत प्राधिकरण शाखामा दैनिक ज्यालादारी कामदारका रुपमा काम गर्दै आएका थिए ।