ऋण तिर्न नसकेको तनाबमा एक दलित पुरुषले मङ्गलबार साँझ आत्महत्या गरेका छन् । साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेको तनाबका कारण हौंचुर–५ का ३७ वर्षीय विष्णु परियारले आत्महत्या गरेका हुन् ।

चिसापानीका गोविन्द आचार्यबाट लिएको रु २४ हजार ४९२ ऋण गत असार २५ गतेको भाकामा तिर्न नसकेपछि परियारले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हाल सदरमुकाम दिक्तेलको भानुचोकमा डेरा गरी टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका परियार भाकामा ऋण तिर्न नसकेपछि तनाबमा बस्दै आएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । –रासस