खोटाङ, ३ साउन – जिप दुर्घटना हुँदा खोटाङमा एक शिक्षकको मृत्यु भएको छ । लामीडाँडाबाट मङ्गलबार साँझ यात्रु बोकेर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको को १ ज ७८५ नम्बरको जिप लामीडाँडाको लेखर्कमा दुर्घटना हुँदा बुईपा–२ का ४० वर्षीय शिक्षक मणिकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपधनी यादवसेन राई र महिला प्रहरी विष्णुकुमारी दनुवार घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ । सडकबाट १५ फिट तल खसेको जिप रूखमा अल्झिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।