शिशिर घिमिरे, सौल, – आज भन्दा ९ महिना अघि दक्षिण कोरियाको फारान स्थित नोजेन्द्रि खसङको पलाष्टिक कम्पनीमा काम गर्दा चिगित्साले थिचिएर मृत्यु भएका रमेश कोइरालाको परिवारले एम टि यु (MTU) को पहलमा आज करोड ५४ लाख ७८५६० वन क्षतिपुर्ति रकम पाएका छन ।

एम टि यु (MTU) को बिशेष पहलमा (MTU) मार्फत वकिल लगाई मुद्धा लडी Labor Welfare Corporation 근로 복지공단 मार्फत क्षतिपुर्ति रकम कोइरालाको परिवारलाई दिएको एम टियुका उदय राइले जानकारी दिए ।

खोटाङ चिसापानी घर भएका अन्दाजी २७ वर्षिय रमेश कोइरालाको काम गर्ने क्रममा आफैले चलाएको सामान ओर्साने गाडी (चिगित्सा) पल्टेर थिचिएपछि उनको अस्पताल लाने क्रममा मृत्यु भएको थियो ।

कोइराला चिगित्सामा लिएर फोहोर समान फ्याक्न गएका थिए धैरै समय नआएपछि फोहर झार्ने ठाउँ तर्फ हेर्न जाँदा उनलाई गाडि पल्टिएर माथिल्लो रेलिङ्गले करङ्गको भागमा थिचिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि उनलाई साथीहरु मिलेर हस्पिटल पुरुयाउँदा उनको मृत्यु भएको डाक्टरले बताएका थिए ।

कोइराला इपिएस प्रर्णाली मार्फत २ वर्ष आगाडी दक्षिण कोरिया आएका थिए । सो कम्पनीमा इपिएसबाट आएका ३ नेपाली कार्यरत थिए ।