साउन २१ – लगातारको वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा एक युवकको ज्यान गएको छ ।

उदयपुरको बेल्टारबजारबाट घरआउने क्रममा देविस्थानस्थित बुवाखोलाले बगाउँदा काहुले–१ का १८ वर्षीय मिलन राईको मृत्यु भएको देविस्थान प्रहरी चौकीले जनाएको छ ।

घरायसी सामान लिन बेल्टार गएका उनलाई गत शुक्रबार खोलाले बगाएको र स्थानीयवासीले उद्धार गरी देविस्थान उपस्वास्थ्यचौकीमा उपचार गराउने क्रममा राईको ज्यान गएको थियो ।

एउटै खोला पाँचपटकसम्म वारपार गर्नुपर्दा बाढी आएको बेला बटुवालाई बढी समस्या हुने गर्दछ । खोलामा पुल नभएकाले सर्वसाधारण बर्सेनि यस खोलाबाट पीडित बन्दै आएका छन् ।