
खोटाङ, बैसाख ४– खोटाङमा खोलामा आएको बाढीले बस बगाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजारबाट यात्रु लिएर दिक्तेल आउदै गरेको बा २ ख ४८९६ नम्बरको बसलाई मंगलबार दिउँसो तावा खोलाले बगाएको हो । बसलाई खोलाले सय मिटर बगाए पनि मानवीय क्षती नभएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।
खोला पार गर्ने क्रममा खोलाको बीचमा केही समय बस अड्किएपछि यात्रु सकुशल निस्कन सफल भएका हुन् । यात्रु निस्किसके लगत्तै बसलाई खोलाले पल्टाएको खोटाङ यातायात व्यवसाय संघका उपाध्यक्ष फडिन्द्र राईले बताउनुभयो ।