प्रहरीले खोटाङका एक जोडीलाई बच्चा फालेको आरोपमा ज्यान मुद्दा दर्ता गरेको छ ।

बच्चा जन्माएर जंगलमा फाल्ने सिम्पानी गाविस-८ का १७ वर्षीय राजेश खड्का र सोही ठाउँकी १८ वर्षीया रीता तामाङमाथि प्रहरीले शनिबार ज्यान मुद्दा दायर गरेको हो ।

राजेश खड्कासंगको अवैध सम्बन्धबाट गत आइतबार जंगलमा जन्मिएको शिशु(छोरा)लाई जंगलमै फ्याँकेर तामाङ घर फर्किएकी थिइन् ।

शिशुलाई तामाङका मामाले जीवितै फेला पारेपछि प्रहरीलाई बुझाइदिएका थिए । शिशुकी आमा तामाङ र बाबु खड्कालाई प्रहरीले शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर शनिबार मुद्दा दायर गरिएको हो ।