पुस ६ – खोटाङको हलेसी र दुर्छिममा मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको छ ।


कृषि विकास कार्यालयको मकै बिज बृद्धि कार्यक्रम अन्तरगत पश्चिमी गाविस हलेसी र दुर्छिममा देउती र मनो–३ जातको मकैको १८ मेट्रिक टन बीउ उत्पादन भएको हो ।

दुर्छिममा ६ मेक्ट्रिक टन देउती र हलेसीमा १२ मेक्ट्रिक टन मनो–३ जातको मकैको बीउ उत्पादन भएको कृषि सेवा केन्द्र हलेसीका प्राबिधिक सहायक शिवानन्द मिश्रले बताउनुभयो ।

जिल्लामा आवश्यक पर्ने मकैको बीउ जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ कृषि कार्यालयले दुर्छिमको पाँच हेक्टर र हलेसीको दश हेक्टर क्षेत्रफलमा देउती र मनो–३ जातको मकैको बीउ लगाएको थियो ।

उत्पादित बीउ उत्पादन क्षमता परीक्षणका लागि सुनसरीको झुम्का पठाइएको र परीक्षणपछि बीउ उत्पादन समितिले मूल्य निर्धारण गरेर किसानहरुमाझ पु¥याइने प्राबिधिक सहायक मिश्रले जानकारी दिनुभयो ।

हलेसी क्षेत्रका सुख्खाग्रस्त दश गाबिसलाई मकैको बीउ उत्पादन केन्द्रका रुपमा विकास गर्दै किसानहरुलाई मकैको बीउबाट आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्र स्थापनाको पहल शुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

यसैबीच, खोटाङको दिक्तेल र लफ्याङमा पनि मनोकामना–३ र गणेश–१ जातको मकैको ४१ क्वीन्टल बीउ उत्पादन भएको छ । उच्च पहाडका लागि उपयुक्त मानिने गणेश–१ जातको २० क्वीन्टल र मध्यपहाडका लागि उपयुक्त मानिने मनोकामना–३ जातको मकैको २१ क्वीन्टल बीउ उत्पादन भएको कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाका प्राबिधिक सञ्जय नायकले बताउनुभयो ।

यस्तै, इको हिमाल र पहाडी मकै अनुसन्धान केन्द्रले जिल्लाको उत्तरी गाबिस बाकाचोल र महेश्वरीमा पनि उन्नत जातको मकैको बीउ उत्पादन शुरु गरेको छ । इको हिमाल र मकै अनुसन्धान केन्द्रले बाकाचोल र महेश्वरीका किसान समूह मार्फत गणेश–१ र मनोकामना–३ जातको मकैको बीउ उत्पादन शुरु गरेको हो ।-  दमन राई/उज्यालो