खोटाङ मङ्सिर– ८, खोटाङ प्रदेशसभा(क) मा नेकपा एमालेको उम्मेद्वार पाँचकर्ण(पीके) राई बिजयी हुनुभएको छ । राईले १३ हजार १ सय ५७ मत लिदै बिजय हासिल गर्नुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्दी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा एकीकृत साजबादीको बिरवलकाजी राईलाई १ हजार १ सय ९२ मतले पराजित गर्नुभएको हो । नेकपा एसलाई ११ हजार ९ सय ६५ मत प्राप्त भएको थियो । ७४ हजार ६ सय ३९ मतदाता रहेको सो क्षेत्रमा २६ हजार ७ सय ९२ मत खसेको थियो । १ हजार ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।

गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

पोखरेलले ३ हजार १ सय ४५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा जसपाका राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ सय ६४ मत लिएको जनाईएको छ । यस्तै, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्रका कुमारप्रसाद भट्टराईले १२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।।