खोटाङ मङ्सिर–८ खोटाङ प्रदेशसभा (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले विजयी हुनुभएको छ । राई १६ हजार ४ सय ९६ मत लिएर विजयी हुनुभएको हो ।

यस्तै, निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम दंगालले १४ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारबीच २ हजार १ सय ४६ मतान्तर रहेको छ । ६८ हजार १ सय ५३ मतदाता रहेको क्षेत्रमा ३३ हजार ४ सय ९ मत खसेको थियो । जसमध्ये १ हजार ९३ मत बदर भएको थियो ।

यस्तै, जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९ सय ३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३ सय १३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १ सय १ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १ सय ९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।।