खोटाङ म्ंसिर–७, खोटाङमा प्रतिनिधिसभातर्फ बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका रामकुमार राई(पासाङ) को अग्रता कायम रहेको छ । संघको क्षेत्र नम्बर एक रहेको जिल्लामा नेकपा एमालेको उृम्मेदवार बिशाल भट्टराईलाई ८ सय २७ मतले पछि पार्दै राईले अग्रता कायम राखेको हो ।

पछिल्लो मत परिणाम अनुसार १९ हजार ८ सय ४१ मत गणना हुँदा राईले ९ हजार ७ सय ३५ र भट्टराईले ८ हजार ९ सय ८ मत प्राप्त गरेका छन् । १ हजार ३९ मत बदर भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।
प्रतिनिधिसभा सदस्यका आठ उम्मेदवारमध्ये जसपाका कृष्णकुमार राई ६ सय २८, राप्रपाका सर्जु श्रेष्ठ १ सय ६९, नेमकिपाका भोजराज बस्नेत ४६, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगर ८८, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राई ४४ र स्वतन्त्रका जयन्द्रकुमार राईको १ सय २३ मत रहेको छ ।

प्रदेशसभा (क)मा नेकपा एमालेको पाँचकर्ण(पीके) राईको अग्रता रहेको छ । पीके राईले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका बीरवलकाजी राईलाई पछि पार्दै अग्रता लिएको हो । २२ हजार ५ सय ७१ मत मत गणना हुँदा एमालेको ९ हजार ६ सय ५७ मत आएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एसको ८ हजार २ सय ३८ रहेको छ । १ हजार १ सय ८० मत भने बदर पाईएको छ ।

यस्तै, जसपाका राकेश राईको १ हजार ५ सय ७०, नेकपा(मार्कसबादी लेनिनबादी)को पदमप्रसाद आचार्यको १ हजार ७८, मंगोल नेशनल अर्गानााईजेशनको प्रयाग राईको १ सय ११, नपाल मजदुर किसान पार्टीका केशव राईको ५७, सवतन्त्र उम्मेदवार धर्मराज पोखरेलको १ हजार ८ सय ५० र अर्का स्वतन्त्र उम्मेदवार कमारप्रसाद भट्टराईको १० मत रहेको छ ।
प्रदेश (ख)मा भने गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेसका भुपेन्द्र राईको अग्रता छ । राईले निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार राम प्रसाद दंगाललाई १ हजार ७१ मतले पछि पार्दै मतान्तर फराकिलो बनाएका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा २३ हजार ५ सय ९७ मतगणना हुँदा राईले ११ हजार ३ सय २१ म्त प्राप्त गरेको  जनाईएको छ । दंगालको भने १० हजार २ सय ५० मत रहेको छ । ९ सय ४७ मत बदर भएको छ ।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमकुमार राईले ७ सय २०, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार विमला राईले ९५, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकालले ९४, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उम्मेदवार सुवास राईले २ सय ७० मत पाएका छन्।

अहिले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।।