
पुस – २८, दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तको बचाउमा अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको बिरुद्धमा खोटाङका पत्रकारहरुले मुखमा कालो पट्टी बाँधेर शुक्रबार एक घण्टा नबोली बिरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखाको नेतृत्वमा सदरमुकाम दिक्तेलको त्रिवेणीचोकबाट मुखमा कालो पट्टी बाँधेर निस्किएको पत्रकारहरुको टोलीले प्रधानमन्त्रीको अभिव्यक्तीको बिरोध स्वरुप एक घण्टासम्म नबोली बजार परिक्रमा गरेका छन् ।

यस्तै, खोटाङका पत्रकारहरुले पत्रकार हत्याका दोषीलाई कानूनी कारवाही नभएसम्म मुखमा बाँधिएको कालो पट्टी दाहिने हातमा बाधेर काम गर्ने बताएका छन् । जिल्लाका पत्रकारहरुले बिरोधका कार्यक्रम लगत्तै हातमा कालो पट्टी बाँधेर काम थालेका छन् ।