खोटाङ ४ मंसिर । खोटाङमा आईतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४८ प्रतिशत मत खसेको छ। प्रारम्भिक मत परीणाम अनुसार उक्त मत खसेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत) मा तारजालीले घेरेर मतगणनास्थल निर्माण गरिएको छ। मतपेटिका राख्नका लागि ५ वटा कोठाको व्यवस्थापन गरिएको छ भने गणनाका क्रममा विजुली वत्ती गएको खण्डमा आठवटा ब्याट्री व्याकअप भएको दुई वटा इन्भटर, सोलार प्यानल र जेनेरेटरको व्यवस्थापन गरिएको छ।

सुरुवातमा प्रतिनिधिसभा, दोश्रोमा प्रदेश ‘क’ र ‘ख’ सकेर तेश्रोमा समानुपातिकको मतगणना गरिनेछ। मतगणना भोलि अपरान्हपछि गरिने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।